कोशी सरकार गठनमा राप्रपा तटस्थ बस्नुको यस्तो छ कारण

हिमाल प्रेस २६ असोज २०८० १३:१३ | Friday, October 13, 2023
कोशी सरकार गठनमा राप्रपा तटस्थ बस्नुको यस्तो छ कारण राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन।

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेका दुई उम्मेदवारमध्ये कसैको पनि पक्ष नलिने भएको छ। पार्टीका प्रवक्ता मोहन श्रेष्ठका अनुसार आज बिहान बसेको पदाधिकारी बैठकले कोशीको मुख्यमन्त्री चयनका सवालमा तटस्थ बस्ने निर्णय गरेको हो।

पार्टीको पदाधिकारी बैठकपछि उनले भने, ‘दुईजनाले ४७/४७ जनाको हस्ताक्षर बुझाउनुभएको छ। हामीले कसैलाई पनि समर्थन गर्नुपर्ने आवश्यकता देखिएन। आवश्यक परेको बेलामा फेरि निर्णय लिन सकिन्छ।’

प्रदेशसभा सदस्यद्वय इन्द्र आङ्बो (माओवादी केन्द्र) र केदार कार्की (नेपाली कांग्रेस) ले मुख्यमन्त्री पदका लागि बिहीबारै प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका छन्। मुख्यमन्त्रीमा दाबी पेसका लागि दिइएको समय सीमा आज साँझ ५ बजे सकिँदै छ।

कोशी प्रदेश प्रमुख पर्शुराम खापुङ अन्योलमा छन्– कसलाई मुख्यमन्त्री बनाउने भनेर। किनकि उनको आह्वानअनुसार संविधानको धारा १६८ (५) अन्तर्गत आङ्बो र कार्की दुवैले बहुमत सांसदको हस्ताक्षर पेस गरेका छन्।

प्रकाशित: २६ असोज २०८० १३:१३ | Friday, October 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast