सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

हिमाल प्रेस २५ असोज २०८० १०:३९ | Thursday, October 12, 2023
सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै फाइल तस्बिर

काठमाडौँ- क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्तीकरणीको मुद्दाको पेसी आज तोकिएको छ।

असोजमा दुई पटक पेसी चढेपनि स्थगित हुँदै आएको थियो। सर्वोच्च अदालतले गत १५ फागुनमा नै चाँडो फैसला गर्न आदेश दिएको थियो।

न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले लामिछानेको मागबमोजिम विदेश जान अनुमति दिँदै बलात्कारको मुद्दामा काठमाडौँ जिल्ला अदालतलाई शीघ्र सुनुवाइ (फास्ट ट्रयाक) तथा निरन्तर सुनुवाइ (कन्टिनियस हेयरिङ)का प्रक्रिया अवलम्बन गरी छिटो कारबाही किनारा गर्नू भनी आदेश दिएको थियो।

उक्त आदेश दिएको ७ महिना पूरा हुँदा पनि जिल्ला अदालतले अन्तिम बहस र फैसला गराउन सकेको छैन।

प्रकाशित: २५ असोज २०८० १०:३९ | Thursday, October 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast