बझाङ- बझाङमा फेरि भूकम्पको धक्का महसुस गरिएको छ।
गएराति चैनपुर आसपास केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
राति १२ बजेर १२ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो। भूकम्पबाट भएको कुनै क्षतिको विवरण प्राप्त भएको छैन।
बझाङको चैनपुर केन्द्रबिन्दु भएर गत मंगलबार ६.३ म्याग्निट्यूडको भूकम्प गएको थियो ।
प्रकाशित: २५ असोज २०८० ६:२६ | Thursday, October 12, 2023
प्रतिक्रिया




