हमासले बन्धक बनाएकाहरूको रिहाइका लागि मध्यस्थता गर्न कतारसँग जर्मनीको आग्रह

हिमाल प्रेस २४ असोज २०८० २१:४१ | Wednesday, October 11, 2023
हमासले बन्धक बनाएकाहरूको रिहाइका लागि मध्यस्थता गर्न कतारसँग जर्मनीको आग्रह फाइल तस्बिर : एपी

बर्लिन (रासस/एएफपी)- प्यालेस्टिनी लडाकू समूह हमासले इजरायलमाथि गरेको अकस्मात आक्रमणका क्रममा बन्धक बनाइएका व्यक्तिहरूको रिहाइका लागि मध्यस्थता गर्न जर्मनीले कतारलाई आग्रह गरेको छ।

विदेशमन्त्री एनालेना बेयरबोकले सांसदहरूसँगको बैठकमा भने, ‘कतारलगायत यस क्षेत्रका विभिन्न देशहरूले महत्त्वपूर्ण भूमिका खेल्नुपर्छ, किनकि उनीहरूसँग हामीसँग नभएका सम्पर्क उपायहरू छन्।’

कतारका अमीर शेख तमिम बिन हमाद अल थानी बिहीबार बर्लिनको चान्सलर ओलाफ स्कोल्जसँग वार्ताका लागि बर्लिन जानुभन्दा एक दिनअघि बेयरबोकको यो टिप्पणी आएको हो।

एक दशकभन्दा बढी समयदेखि हमासको राजनीतिक कार्यालय राख्न दिँदै आएको कतारले गाजालाई करोडौं डलरको आर्थिक सहायता उपलब्ध गराएको छ। यसअघि पनि कतारले इजरायल र लडाकू समूहबीच सम्झौता गर्न मध्यस्थतता गरेको थियो।

मंगलबार कतारी विदेश मन्त्रालयका प्रवक्ता माजेद बिन मोहम्मद अल अन्सारीले इजरायल र हमासबीच सम्भावित वन्दी आदानप्रदानका लागि वार्ता थाल्न हतार हुने बताएका थिए।

प्रकाशित: २४ असोज २०८० २१:४१ | Wednesday, October 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast