सरकारले भन्यो : इजरायलमा बेपत्ता जोशीको खोजी भइरहेको छ

हिमाल प्रेस २४ असोज २०८० १६:५२ | Wednesday, October 11, 2023
सरकारले भन्यो : इजरायलमा बेपत्ता जोशीको खोजी भइरहेको छ

काठमाडौँ– सरकारले इजरायलमा सम्पर्कबिहीन भएका विपीन जोशीको खोजी कार्यमा इजरायल सरकारले प्राथमिकताका साथ गरिरहेको जानकारी गराएको छ। परराष्ट्रमन्त्रालयकी प्रवक्ता सेवा लम्सालले पत्रकार सम्मेलनमा जोशीको खोजीमा इजरायली सरकारले सहयोग गरिरहेको बताइन्।

उनले इजरायलमा भएको द्वन्द्वमा ज्यान गुमाएका १० नेपाली विद्यार्थीको शव नेपाल ल्याउन पनि सरकारले पहल गरिरहेको उनको भनाइ छ।

उनले भनिन्, ‘अज्ञात अवस्थामा रहनुभएका विपिन जोशीको हकमा निरन्तररुपमा उच्च प्राथमिकताका साथ खोजी गर्ने काम जारी छ। मृतकको शव यथाशक्य छिटो ल्याउन प्रयास भइरहेको छ।’ जोशीलाई पत्ता लगाउन सहज होस् भनेर  हुलिया, जानकारीहरू त्यहाँका विभिन्न अस्पतालमा राखिएको उनले जानकारी दिइन्।

त्यस्तै उनले घाइते नेपाली तथा अन्य नेपालीको उद्धारका लागि २५० सिटको जहाज पठाउन लागिएको बताइन्। लम्सालले घाइते भएपछि अस्पताल भर्ना भएका दुई जना डिस्चार्ज भएको पनि बताइन्।

 

प्रकाशित: २४ असोज २०८० १६:५२ | Wednesday, October 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast