उपेन्द्र यादव स्वदेश फिर्ता

हिमाल प्रेस २४ असोज २०८० ६:५३ | Wednesday, October 11, 2023
उपेन्द्र यादव स्वदेश फिर्ता

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव अमेरिकाबाट स्वदेश फर्किएका छन्।

एसोसिएसन अफ नेपाली तराई इन अमेरिका (एन्टा)को अधिवेशनमा सहभागी भएर मंगलबार साँझ स्वदेश फर्किएका हुन्।

जसपाका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार अध्यक्ष यादवले अमेरिकाको न्यूयोर्क र भर्जिनियामा रहेका नेपाली समुदायसँग अन्तक्रिया गरेका छन्। यही असोज १२ गते अध्यक्ष यादव अमेरिका प्रस्थान गरेका थिए।

अध्यक्ष यादवलाई पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठ, केन्द्रीय कार्यसमितिका अध्यक्ष पर्शुराम बस्नेत, अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सदस्यले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन्। रासस

प्रकाशित: २४ असोज २०८० ६:५३ | Wednesday, October 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast