नारायणी मोडेल माविमा खानेपानीको समस्या समाधानका लागि कोकाकोला र स्प्लास नेपालको सहयाेग

हिमाल प्रेस २३ असोज २०८० १३:४६
नारायणी मोडेल माविमा खानेपानीको समस्या समाधानका लागि कोकाकोला र स्प्लास नेपालको सहयाेग

काठमाडौँ- स्प्लास नेपालको कार्यान्वयन टिमसँग मिलेर कोकाकोला वेभरेज नेपालले चितवनको नारायणी मोडेल माविलाई रेन वाटर हार्भेस्टिङ, ग्राउन्ड वाटर रिचार्ज र स्वच्छ खानेपानी आयोजना हस्तान्तरण गरेको छ।

गत भदौमा सुरु भएको यस परियोजना असोज १८ गते नारायणी मोडेल माध्यमिक विद्यालयमा आयोजित एक कार्यक्रममा हस्तान्तरण भएको हो।

३ हजार ८०० भन्दा बढी विद्यार्थी पढ्ने चितवनको सबैभन्दा ठूलो नमूना सामुदायिक विद्यालय नारायणी मोडेल सेकेन्डरी स्कुलमा पानीको अभाव थियो। परियोजनामार्फत पिउने पानीका लागि १२ बोतल फिलरका ट्याप र ८ वटा बबलर फसेट ट्यापसहित दुईवटा यूएफ फिल्टर सिस्टम जडान गरिएको छ। साथमा डुअल स्पाउटसहित ४ वटा बाटर स्टेसन पनि जडान गरिएको छ।

यस प्रणालीले विद्यार्थी र विद्यालय सदस्यसहित ५०० भन्दा बढी व्यक्तिलाई लाभान्वित गर्नेछ। परियोजनामार्फत सम्भावित पानी रिचार्जको अपेक्षित मात्रा भने वार्षिक १८ लाख लिटर अनुमान गरिएको छ। साथमा बाल क्लबहरू सिर्जना गरी पनि सेभेन फ्याट्स (सेभेन फ्ल्याग अप्रोच फर टोटल स्यानिटरी प्रोग्राम) सञ्चालन गरिएको छ। बाल क्लबका सदस्यलाई स्कुल वास प्रोग्रामबारे तालिम प्रदान गरिएको थियो।

यस कार्यक्रमको लक्ष्य सरकारले विद्यालयमा रहेको वास इन्फ्रास्ट्रकचरमा आधारित विद्यालयलाई प्रदान गरिने रेटिङमा विद्यालयलाई ३ ताराको स्ट्याटस प्राप्त गर्न मद्दत पु¥याउनु थियो। त्यसैगरी विद्यालयद्वारा फिल्ट्रेसन प्रणालीमर्मत सम्भारका लागि तालिम पनि दिइएको थियो।

प्रकाशित: २३ असोज २०८० १३:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 1 =