काठमाडौँ- सानिमा बैंकले आफ्ना ग्राहकलाई डिजिटल बैंकिङका माध्यम प्रयोग गरि भुक्तानीको प्रोत्साहन गर्न तिलगंगा सिटी आँखा सेन्टर प्रालिमा छुटको व्यवस्था गरेको छ।
उक्त व्यवस्थाअन्तर्गत सानिमा बैंकको भिसा डेबिट/क्रेडिट कार्ड वा सानिमा मोबाइल बैंकिङ एप प्रयोगकर्ताले डिजिटल भुक्तानी गर्दा १० प्रतिशतसम्मको छुट पाउने भएका छन्। साथै ग्राहकले पहिलो पटक आँखा जाँच गर्दा ५० रुपैयाँको परामर्श शुल्क मात्र लाग्नेछ।
प्रकाशित: २३ असोज २०८० १३:३४ | Tuesday, October 10, 2023
प्रतिक्रिया



