भिसा प्राप्त गरेका २४ जनालाई इजरायल नजान श्रम मन्त्रालयको अनुरोध

हिमाल प्रेस २२ असोज २०८० २०:३४ | Monday, October 9, 2023
भिसा प्राप्त गरेका २४ जनालाई इजरायल नजान श्रम मन्त्रालयको अनुरोध

काठमाडौँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भिसा प्राप्त गरिसकेका २४ नेपालीलाई इजरायल नजान अनुरोध गरेको छ। इजरायल र प्यालेस्टिनबीच युद्ध जारी रहेकाले मन्त्रालयले उनीहरूलाई इजरायल नजान अनुरोध गरेको हो।

इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारको रूपमा उनीहरू छनौट भएका थिए। उनीहरू असोज २४ गते बिहान १ बजे इजरायलको उडान गर्ने तयारीमा थिए।
मन्त्रालयले इजरायलको शान्ति सुव्यवस्था सामान्य भएपछि मात्रै वैदेशिक रोजगारीसम्बन्धी थप कारबाही अगाडि बढाउने निर्णय पनि गरेको छ।

इजरायलमा कृषि क्षेत्रमा काम गर्न गएको १० नेपालीको निधन भएको छ। त्यहाँ रहेका अन्य नेपाली उद्धारको पर्खाइमा छन्।

 

प्रकाशित: २२ असोज २०८० २०:३४ | Monday, October 9, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast