एमालेले सरकारलाई भन्यो : इजरायलमा फसेका नेपालीको तत्काल उद्धार गरियोस्

हिमाल प्रेस २२ असोज २०८० १५:१४
8
SHARES
एमालेले सरकारलाई भन्यो : इजरायलमा फसेका नेपालीको तत्काल उद्धार गरियोस्

काठमाडौँ- नेकपा (एमाले)ले इजरायलमा प्यालेस्टाइनी विद्रोही समूह हमासद्वारा गरिएको आक्रमणको घटनाप्रति निन्दा र भर्त्सना गरेको छ। अध्यक्ष केपी शर्मा ओलीले आज वक्तव्य जारी गरी उक्त घटनामा निधन हुनेहरूप्रति श्रद्धाञ्जलीका साथै परिवारप्रति समवेदना व्यक्त गरेका छन्।

‘हामी यस घटनाबाट ‘लर्न एन्ड अर्न’ योजनाअन्तर्गत इजरायलको कृषि फर्ममा काम गर्न र सीप सिक्न जानुभएका विभिन्न विश्वविद्यालयका विद्यार्थीमध्ये १० जनाको निधन भएकोमा अत्यन्त दुःखित छौँ,’ उनले भने, ‘मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै दसैँको मुखमा भएको यस पीडादायक घटनाबाट शोकमा पर्नुभएका परिवारजनमा गहिरो समवेदनाका व्यक्त गर्दछु। हामी सबै शोकमा छौँ। म सबैमा धैर्यधारण गर्न आग्रह गर्दछु।’

ओलीले विज्ञप्तिमार्फत घाइते हुनेहरूको तत्काल उपचार, अफ्ठ्यारोमा परेकाहरूलाई उद्धार तथा ज्यान गुमाएकाहरूको शव स्वदेश ल्याई परिवारलाई बुझाउन सरकारसमक्ष माग गरेका छन्।

प्रकाशित: २२ असोज २०८० १५:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast