आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नीलकण्ठ नगरपालिकाबीच निर्जिवन बिमासम्बन्धी सम्झौता

हिमाल प्रेस २१ असोज २०८० १४:४१ | Sunday, October 8, 2023
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नीलकण्ठ नगरपालिकाबीच निर्जिवन बिमासम्बन्धी सम्झौता

काठमाडौँ- आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र धादिङको नीलकण्ठ नगरपालिकाबीच निर्जिवन बिमासम्बन्धी सम्झौता भएको छ। यसअनुसार आइजीआई प्रुडेन्सियलमा नगरपालिकाले आफ्ना नगरबासीको बालिनाली, पशुपन्छी तथा कृषकको व्यक्तिगत दुर्घटना बिमा गराउने छ।

सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका मुख्य प्रबन्धक शिवप्रसाद लामिछाने र नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले हस्ताक्षर गरेका छन्। सोही अवसरमा प्रशासकीय अधिकृत सुवेदीले बिमापश्चात सम्पत्तिको हानीनोक्सानी भएमा क्षतिपूर्ति तुरुन्त प्राप्त गर्न सकिने बताए। उनले भने, ‘नगरपालिकाले तपाईंहरूको उत्पादन र सम्पत्तिको सुरक्षाका लागि आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडसँग सम्झौता गरेको हो। ढुक्क भएर पशुपन्छी पालनलगायत कृषि उपजमा व्यक्तिगत र व्यावसायिकरूपमा लगानी गर्नुहोस्।’

प्रकाशित: २१ असोज २०८० १४:४१ | Sunday, October 8, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast