निजी क्षेत्रको सक्रियता बिना आर्थिक विकास सम्भव छैन : मन्त्री रिजाल

हिमाल प्रेस १९ असोज २०८० १४:०७
6
SHARES
निजी क्षेत्रको सक्रियता बिना आर्थिक विकास सम्भव छैन : मन्त्री रिजाल फाइल तस्बिर।

पाटन- उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले निजी क्षेत्रको सक्रियता बिना आर्थिक विकास सम्भव नभएको बताएका छन्। शङ्खमूलस्थित यल दरबारमा आज आयोजित ललितपुर उद्योग वाणिज्य सङ्घको ४४ औँ वार्षिक साधारणसभामा उहाँले निजी क्षेत्रको सक्रियता भएको देशमा तीव्र आर्थिक विकास भएको धारणा राख्दै सरकार र निजी क्षेत्रले सहकार्य गरेर जानुको विकल्प नरहेको बताएका हुन्।

‘सामाजिक उत्तरदायित्वमा ललितपुर उद्योग वाणिज्य सङ्घले पुर्‍याएको योगदान र खेलेको भूमिकाको प्रशंसा गर्न चाहान्छु, निजी क्षेत्रको सक्रियता भएको देशमा तीव्र आर्थिक विकास भएको छ, निजी क्षेत्रको सक्रियता बिना आर्थिक विकास सम्भव छैन, सरकार र निजी क्षेत्र सहकार्य गरेर जानुको विकल्प छैन,’ मन्त्री रिजाल भने।

बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारले औद्योगिक विकास र हस्तकला क्षेत्रको प्रवर्धनका लागि प्रदेश सरकारले आवश्यक काम गरिरहेको बताए। ‘हामीले औद्योगिक विकास र हस्तकला क्षेत्रको प्रवद्र्धनका लागि महत्वपूर्ण काम गरिरहेका छौँ, उपभोक्ताको अधिकारका लागि पनि कानुन निर्माणका क्रममा रहेको छ, हाम्रो मन्त्रालय सहकार्य गरेर उद्योग वाणिज्य क्षेत्रको प्रवद्र्धनमा लाग्ने छ’, प्रदेशमन्त्री चित्रकारले भने।

उनले निजी क्षेत्रलाई बलियो र लगानीमैत्री बनाउने गरी वातावरण तयार गर्नका लागि प्रदेश सरकार नीतिगत तथा कानुनीरुपमा सहयोग गर्न तत्पर रहेको धारणा राखे।

प्रकाशित: १९ असोज २०८० १४:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 9 =