चाडपर्व लक्षित अफरसहित भिभो ‘भी२९ फाइभ जी’ नेपाली बजारमा

हिमाल प्रेस १८ असोज २०८० २१:३४
12
SHARES
चाडपर्व लक्षित अफरसहित भिभो ‘भी२९ फाइभ जी’ नेपाली बजारमा

काठमाडौँ- टेक्नोलोजी ब्रान्ड भिभोले नेपालमा आफ्नो फ्ल्यागसिप भी सिरिजअन्तर्गत नयाँ स्मार्टफोन ‘भी २९ फाइभ जी’ सार्वजनिक गरेको छ। कम्पनीले बिहीबार नेपाली बजारमा उक्त स्मार्टफोन सार्वजनिक गरेको हो।

भी सिरिजको निरन्तर आविष्कार, आधुनिक डिजाइन र अत्याधुनिक क्यामेरासहितको स्मार्टफोन सार्वजनिक गरिएको कम्पनीले जानकारी दिएको छ। ‘भी २९ फाइभ जीको सबैभन्दा उत्कृष्ट विशेषतामध्ये १२० हर्ज थ्री डी कर्भ स्क्रिन एक आकर्षक विशेषता हो,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जसले स्मार्टफोन बजारमा स्लिम स्मार्टफोनको नयाँ मापदण्ड कायम गरेको छ।’

उक्त स्मार्टफोनमा औरा लाइट पोट्र्रेट, ५० एमपी अटोफोकस ग्रुप सेल्फीलगायत विशेषता पनि रहेका कम्पनीले जानकारी दिएको छ। ‘नयाँ स्मार्टफोन सार्वजनिकसँगै भिभोले चाडपर्वको समयलाई अझ विशेष बनाउन आफ्ना ग्राहकहरूका लागि अक्टोबर ५ देखि नोभेम्बर २१ सम्म आकर्षक दसैं अफर ल्याएको छ,’ विज्ञप्तिमा भनिएको छ।

भिभो नेपालका जनरल म्यानेजर माइकलले भिभो ब्राण्ड सधैँ ग्राहकलाई आकर्षक विशेषताका स्मार्टफोन प्रदान गर्न प्रतिबद्ध रहेको बताए। ‘भिभोको भी सिरिजले फोटोग्राफी, डिजाइन र कार्यसम्पादन क्षमताले प्रयोगकर्तालाई निरन्तर आकर्षित गर्दै आइरहेको छ,’ उनले भने, ‘भी २९ फाइभ जीको इमेजिङ र डिजाइनमा भएको विकास यस प्रतिबद्धताको एउटा पाटो हो।’

कम्पनीले नजिकदै गरेको चाडपर्वलाई लक्षित गर्दै, ग्राहकलाई आकर्षक पुरस्कारसहति ‘आयो दसैं, लाग्यो तिहार, भिभो किन्दा बुलेट उपहार’ अफर पनि ल्याएको छ। उक्त अफर बिहीबारदेखि नोभेम्बर २१ सम्म लागू हने कम्पनीको भनाइ छ।

प्रकाशित: १८ असोज २०८० २१:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + twenty =