आज विश्व पशु दिवस

हिमाल प्रेस १७ असोज २०८० ७:०६
4
SHARES
आज विश्व पशु दिवस

काठमाडौँ- जनावरको संरक्षणको बारेमा सचेतना जगाउन आज विश्व पशु दिवस मनाइँदैछ। विभिन्न जनावरलाई विभिन्न देवीदेवताको वाहनको रूपमा पुज्ने चलन छ।

तिहारमा विशेष गरी पशुको महत्व बढी छ। तिहारमा काग, कुकुर, गाई र गोरुलाई देवताको प्रतीक मानेर पुज्ने चलन छ। अझ हिन्दू धर्ममा गाईको पूजा अथवा दानलाई सबैभन्दा पूण्य दिने दानसँग तुलना गरिन्छ।

राष्ट्रिय जनावरको रूपमा रहेको गाईलगायतका जनावरप्रतिको मानवीय व्यवहार भने क्रुर हुन थालेको छ। गाईले दूध दिने बेलासम्म पाल्ने र दूध दिन छोडेपछि सडकमा छोड्ने प्रवृत्तिले गाई संरक्षणमा चुनौती थपिएको पशु संरक्षणकर्मी बताउँछन्।

प्रकाशित: १७ असोज २०८० ७:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast