काठमाडौँ- नेपालगञ्जमा स्थानीय प्रशासनले अनिश्चितकालको लागि कर्फ्यु लगाएको छ। हिन्दू र मुस्लिम समुदायबीच तनाव सिर्जना हुने संकेत देखिएपछि कर्फ्यु जारी भएको जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी विमल आचार्यले जानकारी दिए।
ओमकार परिवार, हिन्दु समाज र शिव सेना नेपालको र्यालीमा ढुंगामुडा प्रहार भएपछि कर्फ्यु जारी भएको हो। प्रजिअ आचार्यले अहिले जारी भएको कर्फ्यु अनिश्चितकालीन भएको पनि उल्लेख गरेका छन्।
प्रकाशित: १६ असोज २०८० १३:४२
प्रतिक्रिया