प्रधानमन्त्रीले भेटे एमसीसीका प्रमुख कार्यकारी अधिकृत

हिमाल प्रेस १६ असोज २०८० १३:३६
8
SHARES
प्रधानमन्त्रीले भेटे एमसीसीका प्रमुख कार्यकारी अधिकृत

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग अमेरिकी सहयोग परियोजना एमसिसीका प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटले आज शिष्टाचार भेट गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटमा उनीहरूबीच नेपाल-अमेरिका सहकार्यका विविध विषयमा विचारविमर्श भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ।

सो क्रममा नेपालमा कार्यान्वयन चरणमा रहेका एमसीसी परियोजनाका सम्बन्धमा समेत कुराकानी भएको थियो।

प्रकाशित: १६ असोज २०८० १३:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 13 =