एक्सप्लोर अर्थ मुभर्सको कार्यालय स्थानान्तरण

हिमाल प्रेस १५ असोज २०८० १३:०५
एक्सप्लोर अर्थ मुभर्सको कार्यालय स्थानान्तरण

काठमाडौँ- एक्सप्लोर अर्थ मुभर्स प्रालि विश्व प्रसिद्ध हेभी इक्विपमेन्ट ब्रान्ड भल्भोको नेपालका लागि एक मात्र आधिकारिक डिष्ट्रिब्यूटर हो।

पहिलो पटक स्वीडेनबाट थालनी भएको भल्भो ग्रुपका हेभी इक्विपमेन्टहरूले विश्वमा मुख्य हिस्सा ओगटेका छन्। यसका उत्पादन र प्रविधि विश्वमा लामो समयदेखि वातावरणमैत्री हुनुका साथै सुरक्षित तथा गुणस्तरको हिसाबले ख्याती कमाएका छन्। समयअनुसार यन्त्र, उपकरण र मेसिनलाई आधुनिकीकरण गर्नसमेत सफल छन्।

यसले विकास निर्माण कार्यको लागि आवश्यक पर्ने एक्साभेटर, लोडर, डोजर, ग्रेडर, कम्प्याक्टर, पेभर्स आदि नेपाल अधिराज्यभर बिक्री गर्दै आएको छ। हाल आएर यसको मुख्य कार्यालय चाकुपाट ललितपुरबाट स्थानान्तरण भएको छ। नयाँ कार्यालय काठमाडौँ महानगरपालिका वडा नं. १४ कुलेश्वर अवर्तनगरमा स्थापना भएको छ।

प्रकाशित: १५ असोज २०८० १३:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 15 =