सुनसरीमा १२० किलो गाँजासहित ६ जना पक्राउ

हिमाल प्रेस १३ असोज २०८० ९:५७ | Saturday, September 30, 2023
सुनसरीमा १२० किलो गाँजासहित ६ जना पक्राउ

काठमाडौँ- सुनसरीको बराहक्षेत्र नगरपालिका १ चतरापुल नजिकै १ सय २० किलो गाँजासहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले बराहक्षेत्र जाने सडकबाट हिजो प्रदेश १–०२–०५० प ६३०४ नम्बरको मोटरसाइकल र बीआर ०२ आर ९९९४ नम्बरको जीपमा लैजाँदै गरेको गाँजासहित उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारतका ३६ वर्षीय महोम्मद सिराज, २० वर्षीय अस्ताजु आलम, १९ वर्षीय नसिम आलम, ५२ वर्षीय ओम प्रकाश रजक, सुनसरीका देवनागञ्ज गाउँपालिका ५ बस्ने ३१ वर्षीय ओम प्रकाश साह र २० वर्षीय शिवम साह रहेका छन्।

नियन्त्रणमा लिएको गाँजा, जीप, मोटरसाइकल र पक्राउ परेका छ जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा लगिएको प्रहरीले जनाएको छ ।

प्रकाशित: १३ असोज २०८० ९:५७ | Saturday, September 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast