पर्यटन व्यवसायी हुतराज श्रेष्ठको निधन

हिमाल प्रेस १२ असोज २०८० १०:५२ | Friday, September 29, 2023
पर्यटन व्यवसायी हुतराज श्रेष्ठको निधन

पोखरा- पोखराका  पर्यटन व्यवसायी हुतराज श्रेष्ठको निधन भएको छ। उनको ७६ वर्षको उमेरमा उपचारक्रममा भारतको राजधानी नयाँ दिल्लीमा बिहीबार निधन भएको हो।

केही समयअघि मानसरोवर भ्रमणमा गएका श्रेष्ठ बाटोमै बिरामी परेपछि चीनमा उपचार गराएर पोखरा फर्किएका थिए। फेरि उनलाई समस्या भएपछि काठमाडौं हुँदै नयाँ दिल्ली लगिएको थियो। उनलाई मुटुसम्बन्धी समस्या रहेको केदारेश्वर मन्दिर सेवाश्रम समितिका सचिव खिमबहादुर पहारीले बताए।

लेकसाइडको बेसक्याम्प रिसोर्ट (हाल : लेकसाइड रिर्टिट) का संचालक उनी समाजसेवी र इतिहासका जानकार थिए। विश्व हिन्दू महासंघ नेपालका पूर्व सचिव उनी केदारेश्वर मन्दिर सेवाश्रम समितिका पूर्व

वरिष्ठ उपाध्यक्ष एवं हालका सल्लाहकार थिए। उनका श्रीमती तुमला श्रेष्ठसहित २ छोरा र १ छोरी छन्।
श्रेष्ठको परिवार नेपालको पूर्वी भोजपुरबाट पोखरा आएको थियो।

प्रकाशित: १२ असोज २०८० १०:५२ | Friday, September 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast