काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह जनताको नजिकको सरकार भएकाले काम÷कारबाही बढी जिम्मेवार हुनुपर्ने बताएका छन्।
शनिबार ललितपुर महानगरपालिकाको १०४औं स्थापना दिवस अवसरमा स्थानीय तहको काम जनमुखी, पारदर्शी र नागरिकप्रति जवाफदेही हुनुपर्ने औंल्याएका हुन्।
प्रधानमन्त्री देउवाले नेपालको संविधानले स्थानीय तहलाई विकास, निर्माण र जनसेवाको आधार स्तम्भको रुपमा महत्वपूर्ण अधिकार र जिम्मेवारी प्रदान गरेको स्मरण गरे।
‘नेपालको संविधानले स्थानीय तहलाई विकास, निर्माण र सेवाको आधार स्तम्भको रुपमा महत्वपूर्ण अधिकार र जिम्मेवारी प्रदान गरेको छ। नागरिक नजिकको सरकार भएकाले स्थानीय तहको कामकारबाही जनमुखी, पारदर्शी, परिणाममुखी र नागरिक जवाफदेही हुनुपर्छ,’ उनले भने।
प्रकाशित: २ पुष २०७९ १४:०३
प्रतिक्रिया