रामारोशनमा ४६ देशका पर्यटक

हिमाल प्रेस ११ असोज २०८० १४:५३ | Thursday, September 28, 2023
रामारोशनमा ४६ देशका पर्यटक तस्बिर: रासस

अछाम- अछामको पर्यटकीयस्थल रामारोशन ४६ देशका पर्यटकले भरिएको छ। उनीहरू वर्ल्ड रेन्बो फेमली समूहअन्तर्गत यहाँ आएका हुन्।

यी पर्यटक तीन महिनासम्म रामरोशन घुम्ने उद्देश्यले जम्मा भएका हुन्। विश्व पर्यटन दिवसका अवसरमा पर्यटन क्षेत्र विकास समितिले आयोजना गरेको देउडा तथा साँस्कृतिक कार्यक्रममा उनीहरू पनि सहभागी भए।

रामारोशन घुम्न आएका पर्यटकलाई गाउँपालिकाले स्वागत गरेको गाउँपालिका अध्यक्ष मानबहादुर साउदले बताए।  पर्यटकको आगमनले रामारोशनको चर्चा बढ्न थालेको उनको भनाइ छ। पर्यटकहरूलाई रामरोशन घुम्नका लागि विभिन्न सर्तसहित अनुमति दिने गरिएको उनले सुनाए।

रामारोशन आएका विदेशी पर्यटकहरू खुला चौरमा टेन्ट टाँगेर बसेका छन्। रामारोशन गाउँपालिका–६ स्थित पर्यटकीय लेकमा रहेको रामारोशन ताल ‘१२ बण्ड, १८ खण्ड’का नामले पनि चिनिन्छ। १२ बण्ड भनेको यहाँका १२ वटा ताल र १८ खण्डले यहाँका १८ वटा चौरलाई जनाउँछ। रामारोशनमा दर्जनौँ समथर फाँटसमेत छन्। यहाँ डाँफे, मुनालजस्ता चरा, कस्तुरी र झारल पनि देख्न सकिन्छ।

रासस

प्रकाशित: ११ असोज २०८० १४:५३ | Thursday, September 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast