अभियन्ता ‘ईः’ र काठमाडौँ महानगरपालिकाबीच चार बुँदे सहमति

हिमाल प्रेस ११ असोज २०८० ६:३१
12
SHARES
अभियन्ता ‘ईः’ र काठमाडौँ महानगरपालिकाबीच चार बुँदे सहमति

काठमाडौँ- साना सडक व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्न माग गर्दै उभिएर धर्नामा रहेका अभियन्ता ‘ईः’ र काठमाडौँ महानगरपालिकाबीच चार बुँदे सहमति भएको छ ।

उनीहरुबीच बुधबार बेलुका चार बुँदे सहमति भएको हो । सहमतिसँगै ईःले आन्दोलनका कार्यक्रमहरु स्थगित भएको घोषणा गरेको छ ।

फुटपाथ व्यवसायीको हक र अधिकारका लागि अभियन्ता ईः अनवरत १९९ घण्टादेखि काठमाडौँ महानगरपालिकाको कार्यालय र राष्ट्रिय सभागृह अगाडि उभिएका थिए । सहमतिसँगै आन्दोलनका कार्यक्रमहरु स्थगित गरेको छ ।

सहमतिमा फुटपाथ, सार्वजनिक स्थलमा व्यापार गर्ने क्रममा जफत भएका सामग्रीहरु महानगरले सम्बन्धित धनीलाई फिर्ता दिने उल्लेख छ ।

यस्तै महानगरले अनौपचारिक क्षेत्रमार्फत हुने व्यापारलाई व्यवस्थित गर्न अध्ययन समिति बनाउने सहमति भएको छ । समितिमा महानगरपालिकाका तर्फबाट तीन जना, अभियन्ताका तर्फबाट दुई जना प्रतिनिधि र भौतिक तथा यातायात मन्त्रालयबाट एक जना प्रतिनिधि रहने उल्लेख छ ।

समितिले २ महिनाभित्र महानगरपालिकामा प्रतिवेदन पेस गर्नुपर्ने छ ।

यस्तै फुटपाथ र सार्वजनिक स्थलमा व्यापार गरेका व्यवसायीहरुका लागि महानगरपालिका भित्र कानुनले निषेध गरेका स्थान बाहेक उपयुक्त स्थानको पहिचान गर्न महानगरपालिकाले एक हप्ताभित्र पहल गर्ने सहमति पत्रमा उल्लेख गरिएको छ ।

प्रकाशित: ११ असोज २०८० ६:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast