राष्ट्रपतिमा लड्ने ट्रम्पको घोषणा

हिमाल प्रेस ३० कार्तिक २०७९ ११:३९ | Wednesday, November 16, 2022
राष्ट्रपतिमा लड्ने ट्रम्पको घोषणा

न्युयोर्क- पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२४ मा हुने चुनावमा राष्ट्रपतिमा लड्ने घोषणा गरेका छन्। ‘अमेरिकाको पुनरागमन सुरु हुँदैछ’ भन्ने बाचासहित ट्रम्पले राष्ट्रपतिको चुनाव पुनः लड्ने योजना बनाएको बताएका हुन्।

उनले आफ्नो फ्लोरिडास्थित मार-ए-लागोमा एक घण्टा लामो भाषणमा समर्थकहरूलाई सम्बोधन गर्दै उक्त घोषणा गरेका हुन्। पूर्वराष्ट्रपति ट्रम्प कतिपय रिपब्लिकन आधारमा अझै लोकप्रिय छन्।

राष्ट्रपतिको लागि उम्मेदवार हुन  ट्रम्पले रिपब्लिकन पार्टीको मनोनयन जित्नुपर्नेछ। अन्य रिपब्लिकन नेताले पनि यसको लागि प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ।

गत साता ट्रम्पले फ्लोरिडाका गभर्नर तथा  उदाउँदो रिपब्लिकन स्टार रोन डिसेन्टिसको आलोचना गरेका थिए। उनले राष्ट्रपतिको मनोनयनमा भाग लने बताएका थिए।

यसैबीच, ट्रम्पकी छोरी इभान्का ट्रम्पले आफ्नो बाबुको २०२४ को अभियानमा नलाग्ने बताएकी छिन्। ‘म मेरो बुबालाई धेरै माया गर्छु’, उनले भनेकी छिन्, ‘यस पटक, म मेरा साना बच्चाहरू र हामीले परिवारको रूपमा सिर्जना गर्ने निजी जीवनलाई प्राथमिकता दिन छनौट गर्दैछु।’

प्रकाशित: ३० कार्तिक २०७९ ११:३९ | Wednesday, November 16, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast