ई: को आन्दोलनमा कमल थापाको पनि साथ

हिमाल प्रेस ९ असोज २०८० १३:२८ | Tuesday, September 26, 2023
ई: को आन्दोलनमा कमल थापाको पनि साथ

काठमाडौँ- जवाफदेहिताको माग गर्दै ८ दिनदेखि लगातार उभिइरहेका सामाजिक अभियन्ता ई: को काममा राप्रपा नेपालका अध्यक्ष कमल थापाले एक्यवद्धता जनाएका छन्।

थापा राष्ट्रिय सभागृहको गेटमा उभिइरहेका ई: भएको स्थानमा पुगेर सँगै उभिएका छन्। छातीमा नारा टाँसेर ई: सँगै उभिन पुगेका थापाले भने, ‘मलाई बालेन मनपर्छ, मलाई ई: मनपर्छ। ई: ले उठाएका मुद्दा जायज छन्।’

उनले सडक, फुटपाथमा जथाभावी पसल थाप्न नमिल्ने तर, राज्यले उनीहरूलाई व्यवसायको निम्ति उचित स्थान दिनुपर्ने बताए। उनले भने, ‘यो राज्यको कर्तव्य हो। यो व्यापारीलाई व्यवस्थापन गर्ने काममा महानगरपालिकाले सहजीकरण गर्नुपर्छ।’

थापासँगै राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौला, सहायक महामन्त्री ट्रेड युनियन महासंघ नेपाल (टुकोन) का अध्यक्ष हिक्मतजङ्ग भण्डारी, किसान संगठनका महासचिव जनक फडेरा लगायत उपस्थित थिए।

प्रकाशित: ९ असोज २०८० १३:२८ | Tuesday, September 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast