राष्ट्रिय जनावर गाई अंकित चाँदीको सिक्का सार्वजनिक

हिमाल प्रेस ८ असोज २०८० १४:०८ | Monday, September 25, 2023
राष्ट्रिय जनावर गाई अंकित चाँदीको सिक्का सार्वजनिक

काठमाडौँ- नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले राष्ट्रिय जनावर गाईको चित्र अंकित ‘मेडालियन सिक्का’ सार्वजनिक गरेको छ। बबरमहलस्थित टक्सार महाशाखामा आयोजित कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले उक्त सिक्का सार्वजनिक गरेका हुन्।

महाशाखाले १० ग्राम र २५ ग्रामका दुई चाँदीका मेडालियन सिक्का टकमरी गरी विक्री सुरु गरेको हो। १० ग्राम सिक्काको १ हजार ६०० र २५ ग्राम सिक्काको ४ हजार मूल्य निर्धारण गरिएको छ। दर उल्लेख नगरी निष्कासन गरिएको सिक्कालाई ‘मेडालियन’ भनिन्छ।

बैंकसँग मौज्दात रहेको चाँदीलाई गलान गरी मेडालियन सिक्का टकमरी गरिएको जानकारी टक्सार महाशाखाले दिएको छ। दुवै सिक्कामा ९९९ टचको चाँदीको प्रयोग गरिएको छ।

प्रकाशित: ८ असोज २०८० १४:०८ | Monday, September 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast