नबिल बैंक कोहलपुरमा आगलागी

हिमाल प्रेस ३० कार्तिक २०७९ ११:३६ | Wednesday, November 16, 2022
नबिल बैंक कोहलपुरमा आगलागी

काठमाडौँ- बाँके कोहलपुरको नबिल बैंकमा बुधबार आगलागी भएको छ। बिहान सवा ५ बजेतिर कोहलपुर-११ स्थित बैंकको शाखा कार्यालयमा आगलागी भएको कोहलपुर प्रहरीले जनाएको छ।

विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। आगलागीबाट बैंकका कागजपत्रहरू जलेका छन्। अहिले भने आगलागी नियन्त्रणमा आइसकेको छ।

आगलागीबाट भएको क्षतिको विवरण आइसकेको छैन। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ३० कार्तिक २०७९ ११:३६ | Wednesday, November 16, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast