राजनीतिक स्थायित्व र सुशासन दिनसके सबै समस्या समाधान हुन्छन् : राष्ट्रपति

हिमाल प्रेस ५ असोज २०८० १५:३७ | Friday, September 22, 2023
राजनीतिक स्थायित्व र सुशासन दिनसके सबै समस्या समाधान हुन्छन् : राष्ट्रपति

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक स्थायित्व र सुशासन कायम गरी विभिन्न जात जाति, क्षेत्र, वर्ग लिङ्गका समस्या समाधानतर्फ सबैको ध्यान केन्द्रित हुनुपर्ने बताएका छन्।

राष्ट्रिय दलित आयोगको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन बुझ्दै राजनीतिलाई स्थायित्व दिएर सुशासन कायम गर्न सके सबैका समस्या समाधान हुने बताएका हुन्। अति पीछडिएका र विकट क्षेत्रमा सचेतना अभियान सञ्चालन गरे समाजका देखिएका विकृति विसंगति हटाउन सहज हुने पनि उनको भनाइ छ।

राष्ट्रपति पौडेलले नेपालमा दलितहरू बस्तीका कारण पनि पीडित बनेको बताउँदै उनले भने, ‘जहाँ जहाँ असुरक्षित बस्ती छन्। त्यही दलित समुदाय बसेका छन्। वर्षातको समयमा पहाडमा बाढि पहिरोबाट पिडित हुने दलित समुदाय नै छन्। तराईमा पनि डुबानबाट दलित समुदाय नै पिडित बन्दै आएका छन्।’

राष्ट्रपति पौडेलले नेपालको संविधान अनुसार गठन भएका सबै संवैधानिक आयोगले आफ्नो वर्गको उत्थानका लागि लाग्न जरुरी रहेको धारणा राखे।

दलित अयोगका अध्यक्ष देवाराज विश्वकर्माले आयोगको वार्षिक प्रतिवेदनमा ८ परिच्छेद र ११ वटा अनुसूची रहेको बताए। उनले दलित आयोगले २२ वर्षपछि फेरि दलितको जात र थरको नयाँ सूचीकरण गरेको पनि जानकारी दिए।

प्रकाशित: ५ असोज २०८० १५:३७ | Friday, September 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast