बाँके : बालसुधार गृहमा झडप हुँदा एकको निधन, १० घाइते

हिमाल प्रेस ५ असोज २०८० ८:१६ | Friday, September 22, 2023
बाँके : बालसुधार गृहमा झडप हुँदा एकको निधन, १० घाइते

बाँके- बाँकेको डुडुवा गाउँपालिकास्थित जयेन्दु बालसुधार गृहमा रहेका दुई समूहबीच झडप भएको छ। बिहीबार राति भएको झडपमा एक जनाको निधन भएको छ भने १० जना गम्भीर घाइते भएको बालसुधार गृहका इन्चार्ज विमला काउचा मगरले जानकारी दिए।

दोहोरो झडपमा घाइते भएका अपहरण, शरीरबन्धक र जबरजस्ती करणीको मुद्दामा सजाय पाएका कपिलवस्तु रुद्रपुरका सुलभ केसीको उपचारका क्रममा अस्पतालमा निधन भएको हो।

गम्भीर घाइतेहरूको शिक्षण अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ। बाल सुधार गृहमा पटकपटक झडप हुँदै आएको छ। बालसुधार गृहभित्र राति झडप नियन्त्रणका लागि सुरक्षा निकाय समेत प्रवेश गर्न समस्या भएको थियो। भित्रको अवस्थाबारे अहिलेसम्म पनि यकिन भएको छैन।

पछिल्लो पटक लागूऔषध मुद्दाका बालकहरूलाई ल्याएपछि सुधारगृहमा रहेका अन्य ब्यक्तिहरुसँग पटकपटक तनावपूर्ण अवस्था आउने गरेको थियो। यसअघि माघ अन्तिम साता पनि दुई पक्षबीच झडप भएपछि आगजनी र तोडफोड गरिएको हो। बालिग भए पनि यही बस्न पाउने भएकाले दोहोरो झडपका घटना बढी हुने गरेको पाइएको छ।  गोरखापत्रबाट

प्रकाशित: ५ असोज २०८० ८:१६ | Friday, September 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast