मूर्ति विसर्जन प्रकरणले अराजक रूप लिँदा सर्लाहीमा कर्फ्यु

हिमाल प्रेस ५ असोज २०८० ६:३६ | Friday, September 22, 2023
मूर्ति विसर्जन प्रकरणले अराजक रूप लिँदा सर्लाहीमा कर्फ्यु

काठमाडौँ- सर्लाहीको मलंगवा नगरपालिका क्षेत्रमा कर्फ्यु जारी गरिएको छ। मूर्ति सेलाउने क्रममा भएको विवादले अराजक रूप लिएपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले बिहीबार राति १० बजेदेखि लागू हुने गरी अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो।

साविक मलंगवा नगरपालिका क्षेत्रमा भएको सार्वजनिक सम्पत्ति तोडफोड, आगजनी, ढुंगामुढा प्रहार, उच्छृंखल गतिविधिलगायत विरोध प्रदर्शनका कारण सर्वसाधारणको सुरक्षामा पर्न सक्ने जोखिमलाई दृष्टिगत गरी कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

प्रकाशित: ५ असोज २०८० ६:३६ | Friday, September 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast