काठमाडौँ– नेपालमा कोरोना संक्रमितको संख्या लामो समयपछि शून्यमा झरेको छ। पछिल्लो २४ घण्टामा एक जनामा पनि कोरोना भाइरसको संक्रमण देखिएन।
८४६ जनामा नमुना परीक्षण गर्दा एक जना पनि संक्रमित फेला नपरेका हुन्। पछिल्लो २४ घण्टामा एक जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। त्यस्तै मृत्युदर पनि आज शून्यमै झरेको छ। देशभर सक्रिय संक्रमितको संख्या भने १४ छ।

प्रकाशित: १ पुष २०७९ १६:१२ | Friday, December 16, 2022
प्रतिक्रिया





