 
                             
                                            काठमाडौँ- नेपाल आयल निगमले १४.२ केजीभन्दा बाहेकका ग्यास सिलिण्डर गैरकानुनी रहेका बताएको छ।
संसद्को उपभोक्ता समितिमा बजारमा ५० केजी र ४५० केजीका ग्यास सिलिण्डर रहेको विषय उठेपछि निगमले बिहीबार विज्ञप्ति जारी गर्दै ती सिलिण्डरहरू गैरकानुनी रहेको प्रतिक्रिया दिएको हो।
निगमसँग सम्बन्धित ग्यास उद्योगीले बढी क्षमताका सिलिण्डर भरेर बिक्री वितरणका लागि अनुमति माग गरे पनि नदिइएको निगमको भनाइ छ। यसअघि संसद्को उपभाेक्ता समितिमा बजारमा १४.२ केजी बाहेककाक सिलिण्डर रहेकाे विषयमा कुरा उठेको थियो।

                            प्रकाशित: ४ असोज  २०८० १७:२३ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 