काठमाडौँ- जीपको ठक्करबाट पाल्पामा मोटरसाइकल चालकको ज्यान गएको छ। दुर्घटनामा बगनासकाली गाउँपालिका–७ झाँक्रीस्थानका २८ वर्षीय सुधन भट्टराईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
आज बुधबार सदरमुकाम तानसेनदेखि बगनासकाली–७ खानीगाँउका लागि छुटेको जीपले बगनासकाली–९ चाप्पानीको भित्री पक्की सडकमा भट्टराई सवार मोटरसाइकललाई ठक्कर दिएको थियो।
जीपको ठक्करबाट गम्भीर घाइते सुधनको काठमाण्डौको ग्रान्डी अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
प्रकाशित: ४ असोज २०८० ६:३७ | Thursday, September 21, 2023
प्रतिक्रिया





