प्रधानमन्त्री दाहाल र राष्ट्रसंघीय उच्च प्रतिनिधि फतिमाबीच भेट

हिमाल प्रेस ३ असोज २०८० ७:२० | Wednesday, September 20, 2023
प्रधानमन्त्री दाहाल र राष्ट्रसंघीय उच्च प्रतिनिधि फतिमाबीच भेट

न्यूयोर्क- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रसंघीय उच्च प्रतिनिधि रवाव फतिमाबीच भेट भएको छ ।

राष्ट्रसंघका लागि अतिकम विकसित देशहरू तथा भूपरिवेष्टित विकासशील देशहरूका लागि उच्च प्रतिनिधि फतिमाले मंगलबार दाहालसँग भेट गरेकी हुन्।

न्यूयोर्कस्थित नेपालको स्थायी नियोगले दिएको जानकारीअनुसार भेटका अवसरमा दुबैबीच सामूहिक चासोका विभिन्न विषय र अल्पविकसित देशहरूको चासोलाई बहुपक्षीय फोरममा कसरी प्रोत्साहन गर्ने भन्ने विषयमा छलफल भएको थियो।

प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्रसंघ ७८औँ महासभामा नेपालको नेतृत्व गर्दै न्यूयोर्क आएका हुन्।

प्रकाशित: ३ असोज २०८० ७:२० | Wednesday, September 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast