काठमाडौँ- मंगलबार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको बिक्री मूल्य १३३.५४ रुपैयाँ कायम भएको छ। खरिद मूल्य १३२.९४ पुगेको छ।
यसअघि भदौ २२ गते एक अमेरिकी डलरको खरिद मूल्य १३२.८४ रुपैयाँ र बिक्री मूल्य १३३.४४ रुपैयाँ थियो।
भारतीय रुपैयाँ कमजोर हुँदा अमेरिकी डलरको भाउ उच्च बिन्दुमा पुगेको हो। नेपाली र भारतीय रुपैयाँबीच स्थिर विनिमयदर छ।
प्रकाशित: २ असोज २०८० १३:१३
प्रतिक्रिया