ऋषि पञ्चमीको अवसरमा बागमती नदीमा स्नान र पूजा आराधना (तस्बिरमा)

दिपेश श्रेष्ठ २ असोज २०८० ११:३८ | Tuesday, September 19, 2023
ऋषि पञ्चमीको अवसरमा बागमती नदीमा स्नान र पूजा आराधना  (तस्बिरमा)

काठमाडौँ- आज ऋषि पञ्चमी। प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन्।

हरितालिका तीजको व्रत एवं पूजाआजा महिला, पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहे पनि ऋषि पञ्चमी भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय वर्णन रहेको बताइन्छ।

महिलामा रजस्वलाका समयमा छाई छुईलगायत कुनै त्रुटि भएको भए आज ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गर्नाले त्यसबाट मुक्ति पाइने विभिन्न धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ। आज बागमती नदीको किनारमा समेत स्नान गर्नेको बाक्लो भीड थियो।

प्रकाशित: २ असोज २०८० ११:३८ | Tuesday, September 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast