नाडा अटो शोमा ५०० वटा टाटा टियागो बुकिङ

हिमाल प्रेस १ असोज २०८० १३:०६ | Monday, September 18, 2023
नाडा अटो शोमा ५०० वटा टाटा टियागो बुकिङ

काठमाडौँ- भदौ २६ देखि ३१ गतेसम्म चलेको १५औँ संस्करणको नाडा अटो शोमा ५०० वटा टाटा टियागो बुकिङ भएको छ। टियागो ईभीको सुरुवाती मूल्य २१ लाख ९९ हजार तोकिएको छ। साथै नाडा अटो शोमा सार्वजनिक गरिएको टाटा नेक्सन इभी एक्स जेड प्लस र टाटा पन्चको बुकिङ पनि उल्लेखनीय रहेको सिप्रदी ट्रेडिङ प्रालिको दाबी छ।

सिप्रदीका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्तजंग सिजापतिका अनुसार पछिल्लो समय ग्राहकको पहिलो रोजाइ विद्युतीय गाडी बनेका छन्। उनी भन्छन्, ‘टाटा नेक्सन, टियागोजस्ता विद्युतीय गाडी अन्यभन्दा बढी बिक्री भइरहेका छन्।’

जिपट्रन प्रविधियुक्त टियागो ईभीमा क्रुज कन्ट्रोल, अत्याधुनिक टेलिम्याटिक्स, कन्ट्रयास्ट रूफ, पूर्ण स्वचालित क्लाइमेट कन्ट्रोल, प्रोजेक्टर अटो हेडल्याम्पलगायत विशेषता छन्।

त्यस्तै नेक्सन ईभी एक्स जेट प्लस को ब्याट्री क्षमता ४०.५ किलोवाट र रेञ्ज ४५३ किलोमिटर रहेको छ। यसमा पावर विन्डो र पूर्ण स्वचालित क्लाइमेट कन्ट्रोल, एन्टी–लक ब्रेकिङ सिस्टम, चाइल्ड सेफ्टी लक, ट्रयाक्सनजस्ता व्यवस्था छन्।

प्रकाशित: १ असोज २०८० १३:०६ | Monday, September 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast