चिकित्सकको आन्दोलनले उपचार सेवा ठप्प, बिरामी मारमा [फोटो फिचर]

दिपेश श्रेष्ठ ३१ भदौ २०८० १५:४३ | Sunday, September 17, 2023
चिकित्सकको आन्दोलनले उपचार सेवा ठप्प, बिरामी मारमा [फोटो फिचर]

काठमाडौँ- चिकित्सकमाथि आक्रमण भएपछि नेपाल चिकित्सक संघले गरेको आन्दोलनका कारण देशभरको स्वास्थ्यसेवा प्रभावित भएको छ। संघको आह्वानमा आइतबार देशभरका सबै स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द छ। जीउज्यानको सुरक्षाको माग गर्दै चिकित्सकहरू देशव्यापी आन्दोलित छन्। चिकित्सकहरूले अस्पताल परिसरमा प्रदर्शन गरिरहेका छन्। चिकित्सकहरू नै आन्दोलित हुँदा बिरामी मारमा परेका छन्।

सञ्चो अस्पताल हेटौँडाका डाक्टरमाथि गत बुधबार भएको सांघातिक आक्रमणमा संलग्न दोषीमाथि कारबाहीको माग गर्दै संघले सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको थियो। शनिबार समय सकिए पनि माग सुनुवाइ नभएपछि संघले अस्पतालमा सेवाबन्दको घोषणा गरेको थियो। स्वास्थ्यमन्त्रालयले आन्दोलनरतपक्षलाई वार्ताका लागि बोलाएको छ। वार्ता स्वास्थ्यमन्त्रालयमा जारी छ। चिकित्सकहरूको आन्दोलनले सबै सेवा बन्द हुँदा काठमाडौँको वीर अस्पतालमा देखिएका दृश्यहरू।

 

प्रकाशित: ३१ भदौ २०८० १५:४३ | Sunday, September 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast