तोलाको ४ सयले घट्यो सुनको भाउ

हिमाल प्रेस १ पुष २०७९ ११:१६ | Friday, December 16, 2022
तोलाको ४ सयले घट्यो सुनको भाउ

काठमाडौँ- नेपाली बजारमा सुनको मूल्य घटेन थालेको छ। बिहेको सिजनमा माग बढी हुँदा नेपाली बजारमा सुनको मूल्य बढेर १ लाख नाघेको थियो। पुस लागेसँगै सुन घटेन थालेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४०० रुपैयाँले घटेको छ।

आज छापावाल सुन तोलामा चार सयले घटेर ९९ लाख ९०० रुपैयाँमा कारोबार भएको छ। बिहीबार तोलाको एक लाख ३०० रुपैयाँमा कारोबार भएको थियो।

तेजाकी सुन तोलाको ९९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ। चाँदी तोलाको एक हजार ३७० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित: १ पुष २०७९ ११:१६ | Friday, December 16, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast