भारतीय महिला क्रिकेट टिमकी कप्तान हरमनप्रीत टाइम म्यागेजिनको ‘टाइम १०० नेक्स्ट’मा

हिमाल प्रेस २८ भदौ २०८० १९:०० | Thursday, September 14, 2023
भारतीय महिला क्रिकेट टिमकी कप्तान हरमनप्रीत टाइम म्यागेजिनको ‘टाइम १०० नेक्स्ट’मा

काठमाडौँ- भारतीय महिला क्रिकेट टिमकी कप्तान हरमनप्रीत कौर टाइम म्यागेजिनको ‘टाइम १०० नेक्स्ट’मा परेकी छन्। बुधबार सार्वजनिक सूचीमा उनीसहित भारतका ३ जनालाई १०० उदीयमान नेताहरूको सूचीमा राखेको छ।

कप्तान कौरले आफ्नो आक्रामकता र कौशलताले महिला क्रिकेटलाई विश्वमै मूल्यवान खेलकुदमा परिणत गर्न महत्वपूर्ण भूमिका खेलेको म्यागेजिनले उल्लेख गरेको छ।

‘३४ वर्षीया हरमनप्रीतले २०१७ मा अस्ट्रेलियाविरुद्धको विश्वकप खेलमा ११५ बलमा अविजित १७१ रन बनाएर उत्कृष्ट खेलाडीको उपाधि हात पारेकी थिइन्,’ बुधबार टाइम म्यागेजिनले जारी गरेको विज्ञप्तिमा भनिएको छ,’ ‘उनको यो इनिङ्सको असाधारण प्रतिभा देखेर दर्शक छक्क परेका थिए।’

उनी भारतीय टिमको बंगलादेश भ्रमणलाई लिएर अहिले पनि चर्चामा छिन्। गत जुलाईमा उनले बंगलादेशविरुद्धको खेलमा अम्पायरको आलोचना गरेकी थिइन्। जसका कारण उनलाई दुई खेलबाट निलम्बन र म्याच फीको ७५ प्रतिशत जरिवाना गरिएको थियो।

गत मार्चमा वुमन्स प्रिमियर लिगमा पनि कौरको टिम मुम्बई इन्डियन्सले प्रतियोगिता जितेको थियो। उनी मुम्बई इन्डिन्सकी कप्तान थिइन्। कौरबाहेक भारतका नन्दिता वेंकटेशन र विनु डेनियल पनि टाइम म्यागेजिनको उक्त सूचीमा परेका छन्।

टाइम म्यागेजिनको ‘टाइम १०० नेक्स्ट’को सूचीमा बालेन

प्रकाशित: २८ भदौ २०८० १९:०० | Thursday, September 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast