काठमाडौँ- डोल्पास्थित भेरी नदीको कपरगाडमा एक पुरुषको शव फेला परेको छ। उक्त शव नेपाली सेनाको नन्द बक्स गुल्मका प्रमुख विमल पण्डितको भएको आशंका गरिएको छ। डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोख्रेलका अनुसार शव भेटिए पनि शव नचिनने अवस्थामा रहेकोले कसको भन्ने पुष्टि भइसकेको छैन।
‘शव फेला परेको छ। शवसँगै भएका घडी र औंठी हेर्दा मेजरसापकै हो कि भन्ने आशंका छ,’ उनले भने, ‘अनुहार चिनिने अवस्था छैन। शव पनि गलेको छ। पहिचान हुनै बाँकी छ।’ शव मंगलबार साँझ फेला परेको हो। भदौ १० गतेदेखि सम्पर्कविहीन भएका मेजर पण्डितको अवस्था अझै अज्ञात छ। नेपाली सेना, प्रहरी, स्थानीयले उनको खोजी जारी राखेका छन्।
प्रकाशित: २६ भदौ २०८० १८:२६ | Tuesday, September 12, 2023
प्रतिक्रिया





