कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा गजेन्द्र आचार्य

हिमाल प्रेस २५ भदौ २०८० १७:४२ | Monday, September 11, 2023
कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा गजेन्द्र आचार्य

काठमाडौँ- कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा गजेन्द्र आचार्य नियुक्त भएका छन्। मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सिफारिसमा नेपालको संविधानको धारा १६०(२) बमो कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले आचार्यलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन्।

आचार्य झापाको बिर्तामोड नगरपालिका वडा नं. ५ का बासिन्दा हुन्। उनलाई उच्च अदालत, विराटनगरका माननीय कायम मुकायम मुख्यन्यायाधीश दिनेश यादवले सोमबार नै पद तथा गोपनीयताको शपथ गराएका छन्।

प्रकाशित: २५ भदौ २०८० १७:४२ | Monday, September 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast