कानुन नै हातमा लिन खोज्नु राम्रो होइन : योगेश भट्टराई

हिमाल प्रेस २५ भदौ २०८० १०:३० | Monday, September 11, 2023
कानुन नै हातमा लिन खोज्नु राम्रो होइन : योगेश भट्टराई

काठमाडौँ- नेकपा एमालेका सचिव योगेश भट्टराईले कानुन हातमा लिएर सडकमा ताण्डव मच्चाउनु नसुहाउने बताएका छन्।

नेपाली कांग्रेस कोशी प्रदेशसभा सदस्य खगेन सिङ हाङगामले नेपाल प्रहरीका डीएसपी राजन लिम्बुलाई दिएको चेतावनीको विरोध गर्दै सचिव भट्टराईले लोकतन्त्र र विधिको शासनमा विश्वास गर्ने जो कोहीले पनि त्यसको पालना गरेर र आचरणबाट आफूलाई प्रमाणित गर्नुपर्ने बताए।

‘लोकतन्त्र र विधिको शासनमा विश्वास गर्ने जो कोहीले पनि त्यसको पालना गरेर र आचरणबाट आफूलाई प्रमाणित गर्नु पर्दछ। त्यसमा पनि जनप्रतिनिधिहरूले कानुन कार्यान्वयन गर्ने अधिकारीले निष्पक्ष र पारदर्शी रूपमा काम गरे नगरेको मूल्यांकन गर्ने र उपयुक्त तरिका र ठाउँबाट निर्देशन दिने हो’, सचिव भट्टराईले आज सामाजिक सञ्जालमा लेख्नुभएको छ,’आफैँ कानुन हातमा लिएर सडकमा ताण्डव मच्चाउनु सुहाउने कुरा होइन। लोकतान्त्रिक व्यवस्थामा कानुनको नजरमा सबै समान हुन्छन् । ताप्लेजुङ?’

http://

प्रकाशित: २५ भदौ २०८० १०:३० | Monday, September 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast