बागमती प्रदेशमा चार विधेयक प्रस्तुत

हिमाल प्रेस २५ भदौ २०८० ७:०० | Monday, September 11, 2023
बागमती प्रदेशमा चार विधेयक प्रस्तुत फाइल तस्बिर

काठमाडौँ- बागमती प्रदेशसभामा चारवटा विधेयक प्रस्तुत भएका छन्। सोमबार बसेको पहिलो बैठकमा सामाजिक विकासमन्त्री कुमारी मोक्तानका तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिंह लामाले विज्ञान, प्रविधि, नवप्रवर्तन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक प्रस्तुत गरेका छन्।

यसैगरी, उक्त बैठकमा स्वास्थ्यमन्त्री उत्तम जोशीले प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका छन्।

यस्तै, बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक र कृषि तथा पशुपन्छी विकासमन्त्री डा राजेन्द्रमान श्रेष्ठका तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिंह लामाले प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकमाथि विचार गरियोस् भनी प्रस्ताव टेबुल गरे।

प्रकाशित: २५ भदौ २०८० ७:०० | Monday, September 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast