फिल्मको नाम परिवर्तनपछि विवाद साम्य, अब ‘एक भगवत् र एक गीता’

हिमाल प्रेस २४ भदौ २०८० १५:०४ | Sunday, September 10, 2023
फिल्मको नाम परिवर्तनपछि विवाद साम्य, अब ‘एक भगवत् र एक गीता’

काठमाडौँ- आगामी शुक्रबार अर्थात् भदौ २९ गतेदेखि प्रदर्शन हुने फिल्म ‘एक भगवत् गीता’ को शीर्षक विवाद टुङ्गिएको छ। आइतबार निवेदनकर्ता विभिन्न धार्मिक संस्थाका प्रतिनिधि र निर्माण टिमबीच सिनेमाको नाम परिर्वतन गरेर ‘एक भगवत् र एक गीता’ (सामाजिक कथा) राख्ने सहमतिम भएको छ।

फिल्मको नाम परिवर्तनसँगै चलचित्र विकास बोर्डले आज सेन्सर सिफारिससमेत दिने भएको छ। फिल्म शुक्रबारबाट नै प्रदर्शन गरिनेछ। फिल्मको शीर्षक विवाद छलफलमा विकास बोर्ड अध्यक्ष भुवन केसी, निर्माता सुनिल कुमार थापा, निर्माता संघका अध्यक्ष नवल खड्का, विकास बोर्डका प्रवक्ता केएल बुढाथोकी र कलाकार दीपकराज गिरीलगायत उपस्थित थिए।

फिल्ममा सुहाना थापा, विपिन कार्की, धीरज मगर, कबीर खड्का, जेविस, जेनिस श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, अनुरागमान कुँवरलगायत कलाकारको अभिनय छ। फिल्मका निर्देशक झरना थापा हुन्। फिल्ममा झरनासहित सरिन पोखरेल, परिच्छेद सेन, पुरुषोत्तम ढुङ्गेल र कृष्ण थापाको पटकथा छ। फिल्म सुहाना इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा बनेको छ। राजेश श्रेष्ठले छायांकन गरेको फिल्म मित्र डि गुरुङले सम्पादन गरेका छन्।

प्रकाशित: २४ भदौ २०८० १५:०४ | Sunday, September 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast