लिट्मस केबल्सले गर्‍याे इकोवायर जेडएच सार्वजनिक

हिमाल प्रेस २४ भदौ २०८० १३:०८ | Sunday, September 10, 2023
लिट्मस केबल्सले गर्‍याे इकोवायर जेडएच सार्वजनिक

काठमाडौँ- लिट्मस केबल्सले इकोवायर जेडएच तार सार्वजनिक गरेको छ। अत्याधुनिक जर्मन प्रविधिमार्फत उत्पादन गरिएको इकोवायर जेडएच ह्यालोजनमुक्त रहेको कम्पनीले दाबी गरेको छ।

उक्त तार नेपालको विद्युतीय उद्योगमा महत्त्वपूर्ण कोसेढुंगाको रूपमा रहने विश्वास कम्पनीले लिएको छ।

नवीनतम प्रविधियुक्त इकोवायर जेडएचले आगलागीको जोखिम पनि कम गर्ने कम्पनीले बताएको छ। इकोवायर सार्वजनिकका लागि आयोजित कार्यक्रममा कम्पनीका प्रमुख व्यक्तित्वहरू, मेकानिकल र इलेक्ट्रिकल तथाप्लम्बिङमा आबद्ध टेक्निसियनहरू, परामर्शदातालगायतको उपस्थिति थियो।

लिट्मस इन्डस्ट्रिज लिमिटेडका प्रबन्ध निर्देशक रोहित गुप्ताले इकोवायर जेडएच नेपालमै पहिलो ह्यालोजनमुक्त एकमात्र तार रहेको बताए। ग्राहकवर्गको माग र सुरक्षालाई आत्मसात गरी नयाँ प्रविधितमार्फत तार बजारमा ल्याइएको उनको भनाइ थियो।

प्रकाशित: २४ भदौ २०८० १३:०८ | Sunday, September 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast