ग्लोबल आइएमई र बीओकेले मागे मर्जरको अन्तिम स्वीकृति

हिमाल प्रेस २९ मंसिर २०७९ १२:३६ | Thursday, December 15, 2022
ग्लोबल आइएमई र बीओकेले मागे मर्जरको अन्तिम स्वीकृति

काठमाडौँ- ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू (बीओके)ले मर्जरको अन्तिम स्वीकृति माग गर्दै नेपाल राष्ट्र बैंकसमक्ष निवेदन पेस गरेका छन्।

ग्लोबल आइएमई बैंक लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बीओकेका अध्यक्ष प्रकाश श्रेष्ठले गभर्नर डा. महाप्रसाद अधिकारीलाई संयुक्त निवेदन पेस गरेका हुन्।

राष्ट्र बैंकबाट अन्तिम स्वीकृति प्राप्त भएपछि दुई बैंक मर्जरमा जानेछन्। एकीकृत कारोबार सुरु गरेपछि बन्ने ग्लोबल आइएमई बीओके मुलुककै ठूलो बैंक बन्नेछ।

दुवै बैंकले मर्जर प्रयोजनका लागि गत असार २ गते प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका थिए। दुई बैंकबीच कात्तिक २८ गते अन्तिम सहमतिमा हस्ताक्षर भएको थियो।

मर्जरको निम्ति सेयर स्वाप अनुपात १ः१ कायम गर्ने दुवै बैंकका सञ्चालक समितिले अनुमोदन गरिसकेका छन्। उक्त अनुमोदनलाई दुवै बैंकको विशेष साधारणसभाले म‌ंसिर २३ गते पारित गरिसकेका छन्।

प्रकाशित: २९ मंसिर २०७९ १२:३६ | Thursday, December 15, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast