निर्वाचनको अन्तिम मतपरिणामसहितको प्रतिवेदन राष्ट्रपतिलाई बुझाइयो

हिमाल प्रेस २९ मंसिर २०७९ १२:२३ | Thursday, December 15, 2022
निर्वाचनको अन्तिम मतपरिणामसहितको प्रतिवेदन राष्ट्रपतिलाई बुझाइयो

काठमाडौँ- निर्वाचन आयोगले मंसिर ४ मा सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छ। आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको अन्तिम मतपरिणामसहितको प्रतिवेदन हस्तान्तरण गरेका हुन्।

राष्ट्रपति कार्यालयका अनुसार प्रतिनिधससभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ६२ बमोजिम ‘प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७९ निर्वाचन परिणामसहितको प्रतिवेदन’बुझाइएको हो। प्रतिवेदन हस्तान्तरण कार्यक्रममा निर्वाचन आयोगका पदाधिकारीहरू पनि सहभागी थिए।

प्रकाशित: २९ मंसिर २०७९ १२:२३ | Thursday, December 15, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast