एमाले लुम्बिनीको नेतृत्वका लागि मतदान हुँदै

हिमाल प्रेस १९ भदौ २०८० ६:५२
2
SHARE
एमाले लुम्बिनीको नेतृत्वका लागि मतदान हुँदै

काठमाडौँ- नेकपा एमाले लुम्बिनी प्रदेश अधिवेशनअन्तर्गत आज (मंगलबार) मतदान हुने भएको छ । रातको समयमा मतदान गर्न कठिनाइ हुने भन्दै सोमबार साँझ मतदानका सबै कार्यक्रम स्थगित गरिएको थियो ।

आज बिहान ८ बजेबाट पुन: मतदान कार्य सुरु गरिने निर्वाचन समितिका प्रमुख हरि भण्डारीले जानकारी दिए।

यसअघि हिजो साँझ ८ बजेबाट मतदान हुने भनिएको थियो ।

लुम्बिनी एमालेमा प्रदेश अध्यक्षका लागि हरिप्रसाद रिजाल र राधकृष्ण कँडेलबीच प्रतिस्पर्धा हुँदैछ। सचिवमा लक्ष्मण आचार्य निर्विरोध भइसकेका छन् ।

अधिवेशनमा ५ पदको लागि १४ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ। अध्यक्षमा दुई जना , उपाध्यक्षमा ४ जनाको उम्मेदवारी परेको छ । यस्तै उपसचिवमा पुरुष ३ जना र महिला पनि ३ जनाको उम्मेदवारी परेको छ।

 

प्रकाशित: १९ भदौ २०८० ६:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =