अन्तरपालिका भलिबलको उपाधि मैलौलीलाई

हिमाल प्रेस २९ मंसिर २०७९ ७:४३ | Thursday, December 15, 2022
अन्तरपालिका भलिबलको उपाधि मैलौलीलाई

बैतडी- बैतडीको सुन्दरखालीमा सम्पन्‍न अन्तरपालिका जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलौली नगरपालिकाले जितेको छ।

बुधबार सम्पन्‍न फाइनल खेलमा मेलौलीले दशरथचन्द नगरपालिकालाई ३–१ ले पराजित गरेको हो। पहिलो सेट दशरथचन्दले २५–२३ अंकले जितेको थियो।

त्यसपछि मेलौलीले २५–२१, २५–१९ र २५–१६ अंकले लगातार खेल जित्दै उपाधि रक्षा गरेको हो। उपाधिसँगै मेलौलीले एक लाख २५ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्‍यो।

उपविजेता दशरथचन्दले ७५ हजार रुपैयाँ र ट्रफी पायो। तेस्रो भएको पाटन नगरपालिकाले ३५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्‍यो।
विजेता, उविजेता र तेस्रो भएको टोलीलाई दशरथचन्द नगरपालिकाका प्रमुख पुस्करराज जोशी, मेलौली नगरपालिकाका प्रमुख भीमबहादुर चन्द, दशरथचन्द नगरपालिकाका उपप्रमुख कौशिला चन्द, नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दलगायतले पुरस्कार वितरण गरेका थिए।

तेजबहादुर चन्द ट्रष्टको आयोजनामा यही मंसिर २५ गतेदेखि उक्त प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगितामा नौ स्थानीय तहसहित १० टोली सहभागी भएका ट्रष्टका सचिव विनोदबहादुर चन्दले जानकारी दिए।

प्रकाशित: २९ मंसिर २०७९ ७:४३ | Thursday, December 15, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast