आज काठमाडौँ महानगरले कामकाज बन्द गर्ने

हिमाल प्रेस २९ मंसिर २०७९ ७:०२ | Thursday, December 15, 2022
आज काठमाडौँ महानगरले कामकाज बन्द गर्ने

काठमाडौँ- काठमाडौँ महानगरपालिका केन्द्रीय कार्यालयदेखि वडा कार्यालयसम्म आज सेवा बन्द रहने भएको छ।

महानगरको प्रशासन विभागले सूचना निकालेर कार्यालयको कामकाज आज बन्द हुने जानकारी दिएको छ।

महानगरले आज (मंसिर २९ गते) २८ औं महानगर दिवस विशेष रूपमा मनाउँदैछ।

‘काठमाडौँ महानगर, मातहतका सबै विभाग/आयोजना/कार्यक्रम/वडा कार्यालयहरू र एकाइहरूबाट प्रवाह हुने सेवा बन्द हुने हुँदा जानकारीका लागि अनुरोध छ,’ महानगरको सूचनामा उल्लेख छ।

प्रकाशित: २९ मंसिर २०७९ ७:०२ | Thursday, December 15, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast